पब्लिक लडवुद्धले मनायो चौंथो वार्षिक उत्सव



कोहलपुर,२६ चैत/  कोहलपुर नगरपालिका–२ मूक्तिनगर, मनकामना चोक स्थित पब्लिक लडवुद्ध एकेडेमीले आइतबार चौंथो वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव कार्यक्रमको एनप्याब्सन कोहलपुर नगर कमिटिका अध्यक्ष किशोरराज मल्लले उद्घाटन गरेका हुन् ।

उद्धाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष मल्लले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई आग्रह गरेको थिए । अहिलेको प्रतिस्पर्धाका युग भएकाले सैद्धान्तिक नभई व्यवहारिक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनमा गर्नुुपर्ने बताए ।

यस्तै विद्यालयका संस्थापक कुशल अधिकारीले विद्यार्थीहरुलाई नयाँ विधि र पद्धतिबाट शिक्षण गराइरहेको बताए । विद्यार्थीहरुलाई वौद्धिक तथा क्रियाकलाप सिकाइमा आधारित रही उनीहरुको रुची र चाहनाअनुसार शिक्षण गराइरहेको उनले बताए । वार्षिक उत्सवकै अवसरमा विद्यालयको २०७४ सालको वार्षिक परीक्षाको नतिजा समेत सार्वजनिक गरिएको थियो ।

सबै कक्षाका उत्कृष्ट नतिजा ल्याउन सफल तथा अन्य अतिरिक्त क्रियाकलाप खेलकुद, हाजिरी जवाफ, वादविवा लगायत विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।

कार्यक्रममा एनप्याब्सनका कोहलपुर नगर सचिव शिव डाँगी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतल नेपालगन्जका प्लाष्टिक सर्जन डा.विनोद कर्ण, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बाँके शाखाका अध्यक्ष बिरेन्द्रसिंह ठकुरी, अभिभावक लक्ष्मीसिंह ठकुरी, देवी विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।

आइतबार सो कार्यक्रमा विद्यालयमा नयाँ ३४ जना विद्यार्थीहरु भर्ना भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २६ गते सोमबार