प्रदेश नम्बर ५ को नीति तथा कार्यक्रम सार्वजनिक



बुटवल,२५ चैत/  पाँच नम्बर प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम ल्याएको छ ।

आज प्रदेश प्रमुख उमाकान्त झाले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पर्यटन र कृषिलाई प्राथमिकतामा राखिएको छ ।

राष्टिय गौरवका योजनादेखि स्थानीय तहमा सञ्चालित योजनामा प्रदेश सरकारले मध्यस्तता गर्ने र समयमै आयोजना सक्न निगरानी गर्ने कार्यक्रम ल्याएको छ ।

यसै नीति कार्यक्रममा आधारमा सरकारले चैत २९ गते बजेट ल्याउँदैछ । त्यो बजेट आयोजनाको सम्भाव्यता अध्ययनमा खर्च हुने सरकारले जनाएको छ ।

नीति कार्यक्रम मुख्यमन्त्री शंकर पोखरेलले सदनमा टेबल गरेका छन् । छलफलपछि मात्रै नीति कार्यक्रम पारित हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २५ गते आइतबार