नेपालगन्ज,२४ चैत/ आर्दश ग्रुप द्धारा सन्चालित नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जले वृद्धवृद्धा र अनाथ बालबालिकालाई सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत क्याम्पसले अध्यनरत विद्यार्थीहरुको अग्रसरतामा विभिन्न दाताहरुबाट सहयोग सङकलन गरी शुक्रबार एक कार्यक्रमको आयोजना गरेरै वृद्धवृद्धा र अनाथ बालबालिकाहरुलाई सहयोग गरेका हुन ।
विद्यार्थीहरुले ७१ हजार ६ सय ८२ रुपैया संकलन गरेका थिए । संकलन गरीएको रकम मध्ये अनाथ बालबालिकालाई ३५ हजार बराबरको जिन्सी सामग्री (कापी, कलम, फलफुल, चामल, पिठो, खेलकुद सामाग्री, तेल, सेम्पु, ब्रस, मन्जन लगायत ) र १० हजार १ सय ८ रुपैयाँ नगद रकम समाज विकास तथा प्रर्वद्धन केन्द्र ईन्द्रपुरलाई हस्तान्तरण गरेको आर्दश तथा एनएमसिका मुख्य निर्देशक इश्वर प्रसाद पोखरेलले जानकारी दिए ।
भेरी बृद्धाश्रममा १० हजार बराबरको सामान (चामल पिठो, चिउरा, भुजा, साबुन, फलफुल, कपडाहरु ) वितरण गरीएको मुख्य निर्देशक पोखरेलले जानकारी दिए ।
भेरी बृद्धाश्रमलाई नगद ५ हजार १ सय ८ रुपैया नगद समेत प्रदान गरीएको छ । सङकलित बाकिँ रकमलाई एनएमसि सामाजिक उत्तरदायित्व कार्यक्रम कोष समेत निर्माण गरीएको छ ।
क्याम्पसका प्रबन्ध निर्देशक ईश्वर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख थानेश्वर पाण्डे , शिक्षक थमन केसी, समाज विकास तथा प्रर्वद्धन केन्द्र ईन्द्रपुरका अध्यक्ष मिन बहादुर अर्याल, विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।
क्याम्पसको बिबिएस पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले समुहमा विभाजन गरेर संकलन गरेको शिक्षक थमन केसीले जानकारी दिए ।
मुख्यतया एनएमसीका लगनशिल, अनुशासित र स्वस्फुर्त रुपमा उत्प्रेरित भएका बिद्यार्थीहरुको अग्रसरतामा सम्पन्न भएको यस कार्यक्रमले
गर्दा विद्यार्थीहरुलाई स्वयं परिवार तथा समाजप्रति थप जिम्मेवार बनाएको महसुस गरीएकोे शिक्षक थमन केसीले जानकारी दिएका छन ।
निर्माण गरिएको कोषलाई आगामि दिनमा सामाजिक उत्तरदायित्व कार्यक्रममा प्रयोग गरीने क्याम्पस प्रमुख थानेश्वर पाण्डेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्