प्रेम विश्वकर्मा : कोहलपुर,२३ चैत/ विविध कारणवस समस्यामा परेका बालबालिका भेटिए कहाँ राख्ने भन्ने चिन्ता हुन्छ । बाँके जिल्लामा क्रियाशिल सरकारी, गैरसरकारी संघ–संस्था अथवा प्रहरी लगायत सबैको यो साझा समस्या पनि हो ।
जिल्ला भित्रका हुन अथवा अन्यत्र कतैबाट प्रवेश गरेका हुन् । बाल कसुर सजाएमा परेका किन नहुन् । सुविधा सम्पन्न भौतिक संरचना सहित उचित ठाउँ
(सेल्टर) को अभाव छ । यद्यपी बाँके जिल्ला वरपरकै स्थानमा झन्डै एक दर्जन जति बाल गृहहरु सञ्चालनमा रहेको अनुमान छ ।
तर सबैले आफुखुसी सञ्चालन गरिरहेको दाबी सरोकारवाला निकायको दाबी छ । एउटा नाम मात्राका बाल गृह भएकाले पनि यि उपलव्ध भएका जति पर्याप्त छैनन् । पहल पनि नभएको भने पक्कै होइन् ।
जति पहल गरिएता पनि प्रभावकारी वन्न नसकी ओझेलमा परी रहे । किन भने कतै जग्गाको आवाश्यकता छ भने कतै आर्थिक समस्या । यस्तै किसिमको एउटा खबर बाहिरीएको छ । विसः २०६८ सालमा राजेन्द्र मौर्यले आफनो नाममा रहेको जग्गा बहुआयमिक अपाङ पुनस्थापना गृह निर्माणका लागी भन्दै दान दिए ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर (२४ विगाह दोन्द्रा) मा ४ सय १५ कित्ता नम्बर रहेको ३ कठ्ठा जग्गामा २८ कोठे सुविधा सम्पन्न अपाङमैत्री भवन बनाउने योजना त्यसमा थियो ।
लग्तै राष्ट्रिय मधेसी अपाङ महासंघ नेपाल मध्य तथा सुदुर पश्चिमञ्चल क्षेत्रीय कार्यालय नेपालगंजले साविकका गाविस देखी सिंहदरबार भित्रका धेरै मन्त्रालय सम्मको ढोका ढकढकायो । तर कतैबाट पनि गतिलो अपेक्षाकृत सहयोग समर्थन प्राप्त गर्न सकेन ।
त्यसै कारण पनि ६ वर्ष सम्म पनि बहुआयमिक अपाङ पुनस्थापना गृहको भौतिक संरचना बन्न अझै सकेको छैन । सिमीत मात्रामा प्राप्त सहयोग रकमले जग्गा वरिपरि पर्खाल लगाई घेरा हाल्ने बाहेक अरु कुनै काम त्यहाँ पुरा हुन सकेको छैन ।
राष्ट्रिय मधेसी अपाङ महासंघ नेपाल मध्य तथा सुदुर पश्चिमञ्चल क्षेत्रीय कार्यालय नेपालगंजका अध्यक्ष राजेश क्षेत्रिले भने, “मेरो एउटा बाँया हात छैन, म स्वंयम अपाङ ब्यक्ति हुँ । मेरो उद्देश्य पनि सबै शरीरिक रुपमा अशक्क्त, अपाङगता भएका बालबालिकाहरुको उज्वल भविष्यको लागी काम गर्नु हो ।
फेरि मैले अन्य बालिबालिकाहरुलाई उपेक्षा गरेको भने पक्कै होईन । आवाश्यकता अनुसार भोली समन्वय सहकार्य पनि हुन्छ । सोही अनुसार हामी सबै जना यो भवन चाँडो बनाउनु पर्छ भनेर जुटिरहेका छौं ।
तर कतैबाट पनि आशा गरे अनुरुपको सहयोग समर्थन पाएका छैनौं ।” अपाङ सरोकार केन्द्र नेपालका अध्यक्ष समेत रहेका उनले थपे, “जग्गादाता र हाम्रो यसमा कुनै निजी स्वार्थ छैन । विसुद्ध सामाजिक सेवा हो ।
समयमा सुविधा सम्पन्न भौतिक संरचनाहरु निर्माण गर्न सक्यौ भने समग्र अशक्क्त, अपाङ, अनाथ, द्धन्द्धपिडित बालबालिकाले प्रत्यक्ष लाभ लिन सक्ने छन । त्यहाँ पुग्ने जोकोही बालबालिकाको दिर्घकालिन भविष्यलाई सोचेर हामीले योजना बनाएका छौं ।
गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका धेरै कुरा सँग जोडेर हामीले यस्तो कामको शुरुवात गरेका हौं ।” उक्त ठाउँमा ढाई तले बहुआयमिक अपाङ पुनस्थापना गृह निर्माणको लागत रकम रु १ करोड ८८ लाख ८३ हजार पाँच सय बढिको बजेट स्टीमेट गरिएको छ ।
उक्त काम सम्पन्न भए प्रदेश नम्बर पाँच, छ र सातका मात्र नभई अन्य क्षेत्रका पनि धेरै बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास लिईएको छ । सुगम जिल्लाको दुर्गम विकट क्षेत्रका रुपमा परिचित बाँकेको राप्ती पारि बघौडा क्षेत्रमा थालिएको कार्यलाई समयमै पुरा गर्न सक्दो सहयोग गरिदिन पहलकर्ताहरुले सबै सँग आग्रह पनि गरेका छन ।
यसले पछिल्लो समय निकै नै चर्चामा रहेको बाल मैत्री गाउँ, समाज र राष्ट्र बनाउनका निम्ति सघाउ पु¥याउने छ । निर्वाचनका बेला केही दलका उम्मेदवारहरुले पनि अपाङ मैत्री बहुआयमिक पुनस्थापना गृह निर्माण गर्ने वचन पनि दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्