कोहलपुर,२२ चैत/ बाँकेको बैजनाथ गाउँपालिका—६ स्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा नन्द विश्वकर्मा निर्वाचित भएका
छन् ।
गत चैत १७ गते समुहको ८औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि चिसापानी रेञ्जपोष्टका प्रमुख फरमान मियाँको संयोजकत्वमा निर्वाचन कमिटि गठन गरिएको बुधबार बसेको निर्वाचन कमिटि तथा उपभोक्ता समितिको भेलाले सर्वसम्मत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समूहको उपाध्यक्षमा भीम अधिकारी, सचिवमा ममता नेपाली, सहसचिवमा खड्क बहादुर पुन, कोषाध्यक्षमा कर्ण बहादुर खड्का, निवार्चित भएका छन् । त्यस्तै समूहको सदस्यहरुमा राधिका बुढाथोकी, ठगेन्द्र विष्ट, ज्ञानु बस्नेत, गगां थापामगर, अमर बहादुर रोका, धनसरी सुनार, कल्पना सुनार, हेमा गिरी, रहनु भएको छ । नयाँ कार्यसमितिलाई बुधबार नै सपथ ग्रहण गराइएको छ ।
त्यस्तै संस्थाकौ ८ औं साधारण सभाले कार्ययोजना संशोधन गरी गरिब तथा विपन्न समुदायको आयस्तर वृद्धि गर्ने रोजगारीको सृजना गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने लगाएतका महत्पुर्ण निर्णय समेत गरिएको छ ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै निर्वाचित कमिटिका संयोजक एवम सहायक वन अधिकृत फरमान मियाँले नव निर्वाचित समितिले सामुदायिक वनलाई आर्थिक, सामाजिक, विकासको लागि सकारात्मक सोच राख्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष नन्द विश्वकर्मा वन पैदावार मात्र नभएर समग्र समुदायका लागि विकासमा टेवा पु¥याउने सपना देख्नु पर्ने बताए । न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहमा करिब ४९९ घरधरी रहेका छन ।








प्रतिक्रिया दिनुहोस्