नेपालगन्ज,१४ चैत/ बाँकेको डुडुवा गाउँपालिकाले वडा नं.१ सन्तलिया गाउँका अग्नी पीडितलाई राहत स्वरुप नगद रकम वितरण गरेको छ ।
गाउँपालिकाले ४ जना अग्नी पीडित परिवारलाई नगद २ हजारका दरले वितरण गरेको हो ।बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मीले सो रकम पीडितलाई हतान्तरण गरेका थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले आग्नी पीडितलाई थप राहतका लागि सम्वन्धित निकायमा पहल गर्ने आश्वासन दिए ।
आगलागीबाट आगो निभाउने क्रममा घाईते एक जना स्थानीय र पशु जनावरको गाउँपालिकाले निशुल्क रुपमा उपचार गरि रहेको गाउँपालिकाले जनाएको छ ।
तीनदिन अघि एक्कासी भएको आगलागीले स्थानीय मुनी अहमद शेष र निसार अहमद खां सहितको ४ वटा घरगोठ जलेर नष्ट हुँदा ४ वटा जनावरसमेत जलेका थिए ।









प्रतिक्रिया दिनुहोस्