अतुलको तीन दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा फ्रि सर्भिस



कोहलपुर,१४ चैत/   जि.एम मोर्टस प्रा.लीको आयोजनामा अतुल सर्भिसले ३ दिने निशुल्क स्वास्थ्य परीक्षण तथा फ्रि अटो सर्भिस मंगलबार देखी कोहलपुरमा सूरु गरेको छ ।

अतुल अटोरिक्सा खरिद गरेका मालिकको स्वास्थ परीक्षण तथा रिक्साको फ्रि सर्भिस गरिने शिविरमा मंगलबार मात्रै करिब ४५ जनाले सेवा लिएको जि.एम मोर्टस प्रा.लि. को प्रबन्ध निर्देशक घननाथ खनालले जानकारी दिए ।

मानिसको सबै भन्दा अमुल्य सम्पत्ति स्वास्थ भएका कारण अटो र मानिस दुवैको स्वास्थ्य निशुल्क स्वास्थ्य परीक्षण गर्ने शिविरको आयोजना गरिएको अध्यक्षले बताए ।

शिविरमा नेपालगजं मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सकद्धय चन्द्र मोहन गोईत र हेमन्त चौधरीले स्वास्थ्य परिक्षण गरिरहको छन् । शिविरमा चेकजाँच पश्चात औषधी समेत निशुल्क वितरण गरिएको छ ।

त्यस्तै अतुलले यही चैत १८ गते देखी बाँके र बर्दियाका गाँउ गाउँमा शुभारम्भ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ । वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रममा अतुलको सेवाका बारेमा जानकारी दिईने बताईएको छ ।

पहाडी र हिमाली जिल्लामा सजिलै चल्ने र अन्य अटोरिक्सा भन्दा इन्जिन बलियो भएका कारण पछिल्लो समयमा अतुल अटोरिक्साको माग बढ्दो रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १४ गते बुधबार