सुनसरी,१३ चैत/ सुनसरीको कप्तानगञ्जमा २ जना सशस्त्र प्रहरी घुससहित पक्राउ परेका छन् ।
भारतीय गाडीलाई छोडेबापत २५ हजार रुपैयाँ घुस लिएका सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्री पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुनसरीका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो ।
उनीहरुलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा राखिएको छ ।
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्