सरसफाइसम्बन्धी रणनीतिक योजना तयार पारिने



कोहलपुर,१० चैत/   बाँके जिल्लाको डुडुवा गाउँपालिकाको पाँच वर्षीय पूर्ण सरसफाइ रणनीतिक योजना तयार गरिने भएको छ । गेरुवा ग्रामीण जागरण संघको पहलमा रणनीतिक योजना तयार गर्न लागिएको हो ।

त्यसका लागि शुक्रबार नेपालगन्जमा एकदिने कार्यशाला आयोजना गरिएको थियो । कार्यशालामा गाउँपालिकाका सबै वडामा हरेक घरमा शौचालय निर्माण, घरको वरिपरि सरसफाइ सचेतनामूलक अभियान तथा मानिसको सोच परिवर्तन गर्ने किसिमका अभियान सञ्चालन गरी पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाइने छ ।

रणनीतिक योजनापछि पाँच वर्षमा गाउँपालिका पूर्ण रुपमा स्वास्थ हुने भएको हो । कार्यशालाको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शौचका लागि मानिसको सोंच परिवर्तन हुनपर्नेमा जोड दिँदै करकापले नभई नागरिकको मानसिकता परिवर्तन गरी स्वास्थप्रतिको भावनाको विकास हुने बताए ।

उनले समुदायमा सचेतनामूलक अभियानका लागि सबैको सहयोगमार्फत् मात्र मानिसको बानी व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

गेरुवाका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यशालामा उपाध्यक्ष साहिदा बानो, वडाध्यक्षहरु भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, मोहनराम मिश्र, सगिर खा, राजेन्द्र कैराँती, पटेश्वरी कुर्मी, प्लान नेपाल अशोक केसीले आफ्ना धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १० गते शनिबार