सकियो तीन दिने कुखुरापालन तालिम



कोहलपुर,६ चैत/    बर्दिया नगरपालिका –३ स्थित ऐचोपैचो कृषि सहकारी संस्था लि. तथा लाली गुरासँ फिड्स एण्डपोल्ट्री सप्लायर्सको यंयूक्त आयोजनामा तीन दिने कुखुरा पालन तालिम सोमबार सम्पन्न गरेको छ ।

बाँसगढी नगरपालिका पशु सेवा कार्यालयका डा. प्रेम कुमार मण्डल, कोहलपुर नगरपालिका पशु सेवा कार्यालय प्रमुख डा.भिसन गजमेर, अलटेक अमेरीकाका डा. चन्दन रौनियार लगायतले प्रशिक्षण दिएका थिए ।

लाली गुराँस फिड्का प्रबन्धक निर्देशक यज्ञ प्रसाद सुवेदीले बाँके र बर्दियामा रहेका किसानहरुलाई व्यापसायिक कुखुरा पालन व्यवस्थित र प्रभावकारी बनाउनका लागि र किसानको मनोबल उच्च बनाउनको लागि तालिम दिइएको बताए ।

ऐचोपैचो सहकारीका अध्यक्ष खड्क बहादुर खड्काले आर्थिक स्थिति कमजोर भएका र विभिन्न कारणवस व्यवसायी रुपमा अगाडि नबढेका किसानलाई सहज रुपमा विभिन्न बैंकहरुसंग सहकार्य गरी सर्वसुर्लभ कृषि ऋणको लागि पहल गरिने र कुखुरा लगायत गाई भैसी बाख्रा पालनमा पनि यस्तै तालिमहरु संञ्चालन गरी किसानहरुको मनोबल उच्च् पार्ने बताए ।

कुखुरा पालन तालिम शनिबारदेखि संचालन भएको थियो । तलिममा ५० जना सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ६ गते मंगलबार