भडाबापत दुई महिनाको अवधिमा करिव २५ करोड बक्यौता



नेपालगञ्ज,२ चैत्र/ नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरको सटर भाडावापतको बक्यौता उठाउने कार्यलाई बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले तिव्रता दिएको छ ।

समितिले दुई महिनाको अवधिमा २४ करोड ८० लाख बक्यौता उठाएको समितिका सचिव गोपाल अधिकारीले जानकारी दिए । मन्दिरको सटर भाडामा लिएर लामो समयसम्म रकम नतिर्ने पसलधनीहरुलाई यही चैत २४ गतेसम्म अल्टिमेटम दिइएको छ ।

त्यसैगरी मन्दिरको आयस्रोत वृद्धिका लागि सटरभाडा बढाउने तयारीमा समेत समिति पुगेको छ । मन्दिरका साढे दुई दर्जन सटर भाडामा दिइएको छ ।

कुनै सटर १५ सयमा कुनै सटर १४ हजारसम्ममा भाडामा दिइएको पाइएकाले त्यसको मापदण्ड समेत तय गर्ने तयारीमा मन्दिर व्यवस्थापन समिति पुगेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार