नेपालगञ्ज,२ चैत्र/ जोखिम परिस्थितिमा रहेका बालबालिकाहरुको उद्धार तथा पुर्नस्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग, बास नेपालगञ्ज र रुसुफ बाँकेको संयुक्त सहजिकरणमा सो अभिमुखीकरण सम्पन्न भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको अभिमुखीकरणमा जिल्लास्थित बाल उद्धार समिति, बालमैत्री स्थानीय समिति, विभिन्न सरोकारवालाको सहभागिता रहेको थयो । कार्यक्रममा बोल्दै उप प्रमुख मगरले अप्ठेरोमा परेको बालबालिकाहरुको पुर्नस्थापनाका लागि उपमहानगरपालिका सदैब तयार रहेको बताइन् ।
जोखिममा परेका बालबालिकाहरुको पुर्नस्थापना तथा उद्धार चुनौतीपूर्ण भएपनि सबैले एकजुट भएर लागेमा सहज हुने उनको भनाइ थियो । कार्यक्रममा युनिसेफ नेपालगञ्जका बाल संरक्षण अधिकृत राम प्रशाद गौतमले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित कार्यक्रम तथा त्यस मार्फत भईरहेका क्रियाकलापहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका सहभागिहरुले बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कार्य कानुनी रुपमा जटिल रहेको भन्दै स्थानीय तहले सहजता ल्याउनु पर्नेमा जोड दिएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशीले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन जिल्ला समन्वय अधिकारी हरिकृष्ण ज्ञवालीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्