विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि



काठमाडौं /फागुन, २८ यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी
दिए । मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । अनलाइनखबर

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार