कोहलपुर,२८ फागुन/ जनतालाई प्रदान गर्ने सेवा सहज र प्रभाकारी ढंगले प्रदान गर्न कोहलपुर नगरपालिकाले टोल फ्रि नम्बर जडान गर्ने भएको छ ।
आईतबार बसेको कार्यपालिकाको २० औं बैठकले टोल फ्रि नम्बर जडान गर्ने निर्णय गरेको कोहलपुर नगर सरकारका विधान समिति संयोजक तथा कार्यपालिका सदस्य भिम बहादुर नेपालीले बताए ।
टोल फ्री नम्बर सुरु भएपछि जनताले निशुल्क रुपमा टेलिफोन गरी जानकारी लिन सक्ने र टोल फ्री नं २४ घण्टा खुल्ला रहने जनाईएको छ ।
त्यस्तै बसेको बैठकले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निवार्चित सविधानको धारा २१६ को उपधारा ४ र ५ अनुसार निर्वाचित कार्यपालिका सदस्यहरुलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १ को परिभाषा २ को ढ मा प्रदेश पदाधिकारी भन्नाले नगर प्रमुख,उप प्रमुख र वडा अध्यक्ष र कार्यापालिका सदस्यहरुलाई पदाधिकारी भनेर परिभाषित गरेता पनि नगर प्रमुख उप प्रमुख र वडा अध्यक्ष लाई सेवा सुविधा तोकेको तर दलित, महिला र अल्पसंख्यकलाई सेवा सुविधा नतोकेकोले उनीहरुलाई पनि सेवा सुविधा तोकिदिन र वडा सदस्यहरुलाई समेत नियमानुसार सेवा सुविधा तोकिदिन प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको कार्यपालिका सदस्य नेपालीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्