अपाङ्ग नवजिवन केन्द्रको १८औं साधारण सभा सम्पन्न



कोहलपुर,२८ फागुन/  अपाङ्ग नवजीवन केन्द्र कोहलपुरको १२औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सभाको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रावतले अपाङ्गहरुले पनि सपाङ्ग सरह काम गर्न सक्ने हुदाँ आफूलाई अपाङ्ग भनेर कमजोर महसुस गर्न नहुने बताए ।

साथै स्थानीय सरकारले अपाङ्गहरुलाई उचित सम्मान र सहयोग गर्ने बताए । कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले नगरविकास समितिले संस्थाको लागी भवन उपलब्ध गराएको र भवनमा निर्धक्क भएर बस्न र भवनलाई रंगरोगन सुझाव दिए ।

साथै नगरविकास समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै पत्रकार कविन्द्र परियारले जुनसुकै मानिस जुनसुकै बेला पनि अपाङ्गहरु हुन सक्ने हुँदा अपाङ्ग छु भनेर हिन्नताबोध गर्न नहुने बताए ।

संस्थाका सदस्य कर्ण बहादुर खड्काले स्वागत मन्तव्य राखे सगैं सुरु भएको कार्यक्रममा केन्द्रका सचिव जगं बहादुर डाँगीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले वार्षिक रुपमा गरेका कार्यक्रमको जानकारी गराउदै आगामी वर्षमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक कार्यक्रममा वृद्धी गर्ने,अपाङ्गता सम्बन्धि बनेका ऐन कानुन तथा निति नियमहरुको कार्यन्वयन गर्नै,अपाङ्गता परिचयपत्र प्राप्तिका लागि सहजता ल्याउन सहयोग गर्ने,स्थानीय निकायहरुबाट अपाङ्गताका लागि छुट्याईएको बजेट निर्देशिका अनुसार विनियोजन गराउने पहल गर्ने अपाङ्ग भएका व्यक्रिहरुको तथ्याकं संकलन गर्ने लगायतका कार्यक्रम रहेको जानकारी गराईएको थियो ।

साधारण सभामा महिला संजालकी उपाध्यक्ष गोमा शाही, माओवादी केन्द्र कोहलपुर नगर कमिटि सचिव बल बहादुर खड्का,कुल पत्रकार पुजन विश्कर्मा, कुल बहादुर भट्टराई साधारण सदस्य सक्रिय सदस्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष विनिता शर्माको सभापत्विमा सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष दयाराम अधिकारीले संञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार