बर्दिया,२८ फागुन/ नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाको ३५औं जिल्ला अधिवेशनबाट सभापतिमा पुनः कृष्ण प्रसाद गौतम निर्विरोध चयन भएका छन् । फागुन २५ र २६ गते भएको अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि गौतमलाई निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनबाट जिल्ला गौतमको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको सदस्यहरुमा रामचन्द्र थापा, अशोक प्रसाद सिग्देल, जनक बहादुर बुढा, चक्रबहादुर थापा, सुनिता खड्का, अर्जुन सुवेदी, गणेश अर्याल, गोबिन्द प्रसाद शर्मा, नवराज ढुङ्गाना, महेशचन्द्र गौतम, प्रभुराम थारु र खेमप्रसाद पौडेल रहेका छन् ।
यस अघि अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माले रेडक्रसकर्मीको भुमिका दिनानु दिन झनै महत्व बढेको बताउदै राज्यको पुनःसंरचनाअनुसार रेडक्रसले पनि आफ्नो संरचना त्यसै अनुसार बनाउदै अघि बढेको बताए ।
उद्घाटन कार्यक्रममा रेडक्रसका केन्द्रीय सदस्य एवं निवार्चन अधिकारी तिलक बहादुर मल्ल, बाँके शाखा सभापति गोवर्धन सिंह सम्झना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा ढोढरी उपशाखाको आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रस बर्दियाको २०७३÷०७४ मा भएका गतिविधिलाई अनुमोदन गर्नुका साथै आगामी एक वर्षको कार्यक्रमको योजनालाई समेत अनुमोदन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्