सभामुखको उम्मेदवारी दर्ता आज, माओवादीबाट महराको चर्चा



काठमाडौं,२५ फागुन/ प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ता हुदैछ ।

संघीय संसद भवन, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सभामुखको उम्मेदवारी दिर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली १ः३० बजे प्रकाशन गरिनेछ ।

सभामुखको चुनाव शनिबार १ बजे प्रारम्भ हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । सभामुखका लागि वाम गठबन्धनबाट माओवादी नेता कृष्णबहादुर महरालाई उठाउने तयारी छ ।

राष्ट्रपतिमा वाम गठबन्धनविरुद्ध उम्मेदवार उठाएको कांग्रेसले सभामुखमा भने केही निर्णय गरिसकेको छैन । गणितीय हिसाबले बलियो रहेकाले वाम गठबन्धनको उम्मेदवार विजयी हुने निश्चित छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २५ गते शुक्रबार