कोहलपुर २४ फागुन/ विपन्न तथा दलित महिलाहरुका लागि सरसफाई सम्बन्धी दुईदिने तालिम बुधबार भवानियापुरमा सम्पन्न भएको छ । तालिमको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१४ को सहयोग तथा बास नेपालगञ्जको सहजीकरणमा सम्पन्न भएको हो ।
मंगरबारदेखि सुरु भएको दुईदिने तालिममा सरसफाई सम्बन्धी दक्ष प्रशिक्षकहरुद्धारा सरसफाईका विभिन्न विषयमा महिलाहरुलाई प्रशिक्षण दिइएको थियो । तालिममा सुआहाराकी विनिता अधिकारी र नेपालगञ्ज उपमहानगरपालिकाका ओविराज आचार्य, बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह र कार्यक्रम संयोजक शम्भु शाहीले व्यक्तिगतसंगै सामुदायिक सरसफाईका बारेमा पनि प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा सहभागीहरुसंग सरसफाईको अवस्था तथा चुनौतीबारे छलफल गरिएको थियो भने सरसफाई सम्बन्धी भिडियोहरु समेत प्रस्तुत गरिएको थियो । तालिम पश्चात प्रतिक्रिया दिदै तालिमकी सहभागी मीरा शर्माले आफ्नो व्यत्तिगत तथा वातावरणीय सफाई कसरी गर्ने भन्नेबारे धेरै जानकारी पाएको बताइन् ।
यस्तै रञ्जु गोडियाले आफुले सिकेको कुरा अरुलाई पनि सिकाउने बताइन् । त्यसैगरी सरसफाई विभिन्न किसिसका विकाससंग जोडिएकाले यसमा सबैले ध्यान दिन अपरिहार्य रहेको अर्की सहभागी पुरनमल गिरीले बताए ।
तालिमको समापन समारोहमा बोल्दै वडा नं. १४ सदस्य ऋषिरामवर्माले सरसफाई सम्बन्धी सचेतना वृद्धि गर्नका लागि वडामा आएको लक्षित बजेटबाट सरकारको योजनालाई सफल बनाउनका लागि तालिमको आयोजना गरिएको र विशेषगरी समाजमा महिलाहरु पिछडिएका र ओझेलमा परेका हँुदाहँुदै पनि महिलाहरुको पारिवारिक तथा सामाजिक जिम्मेवारी बढी भएको र उनीहरुलाई तालिम दिदा बढी प्रभावकारी हुने हुँदा महिलाहरुलाई समावेश गरिएको बताएका थिए









प्रतिक्रिया दिनुहोस्