नेपालगञ्ज,२२ फागुन/ नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का सबै बाल क्लब तथा बिद्यालयहरुमा बाल क्लब गठन र पूर्नगठन सम्पन्न भएका छन ।
नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा बास नेपालगन्जद्धारा आयोजित वडा स्तरीय बाल क्लबको बैठक तथा छलफल कार्यक्रममा सो निर्णय भएको हो ।
वडालाई बालमैत्री घोषणा प्रक्रियाका लागि बाल क्लबहरुलाई सक्रिय बनाउनेसँगै, वडा भित्र रहेका सबै निजि तथा सामुदायिक बिद्यालयहरुमा बाल क्लब गठन तथा पूर्नगठन गर्ने तथा गठन भएका तर निष्कृय अवस्थामा रहेका बाल क्लबहरुलाई तत्काल पूर्नगठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा बोल्दै कार्यक्रममा अतिथि १० नं. वडाका कार्यवाहक वडा अध्यक्ष नर बहादुर बिष्टले वडालाई बाल मैत्री घोषणा गर्न बाल क्लबहरुको सक्रियता महत्वपूर्ण हुने बताए । उनले बाल क्लबलाई सहज रुपमा काम गर्ने वातारणका लागि वडा कार्यालय सदैब तयार रहने प्रतिबद्धता गरे ।
बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको बैठकमा बालमैत्री स्थानीय शासन र बैठकका बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए ।
बैठकमा नगर स्तरीय बाल क्लब संजालका अध्यक्ष अन्जना चर्तुबेदी र वडा स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष ऋतिक शाहिले बाल क्लबले गरिरहेका क्रियाकलापहरुका बारेमा जानकारी गराएका थिए । बैठक तथा छलफल कार्यक्रममा वडा का विभिन्न बाल क्लबका पदाधिकारीहरु गरि ३० बढीको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्