बझाङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु



बझाङ,१९ फागुन/  बझाङको खप्तड छान्ना गाँउपालिका वडा नम्बर–३, मा माटोको ढिस्कोले पुरिएर २ जना महिलाको ज्यान गएको छ ।

खप्तडछान्ना गाँउपालिका–३, की ३० वर्षीय रतनादेवी पाध्या र वडा नम्बर–२, पाइलीघर भएकी २८ वर्षीय सरितादेवी जाशी रहेको प्रहरीले जनाएको छ । माटोको ढिस्को झरेर पुर्दा दुवै जनाको घटना स्थलमा नै ज्यान गएको हो ।

ढिस्कोले लागेर दुई जना महिला घाइते भएका छन् । घाइते हुनेमा खप्तड छान्न गाँउपालिका–३, कै सरस्वती पाध्या र किणी पाध्या रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये सरस्वती पाध्याको अवस्था चिन्ताजनक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्य महिलाहरुलाई भने केही पनि नभएको जनाइृएको छ । ढिस्कोमा पुरिएका महिलाहरुको शव निकालिएको स्थानीय उत्तम रोकायाले जानकारी दिनुभयो । घाइते महिलालाइ उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान घर पोत्नका लागि ठानाकोटमा रातो माटो लिन गएका उनीहरुको माटोको ढिस्कोले पुरेर ज्यान गएको प्रहरीले जनाएको छ

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १९ गते शनिबार