कोहलपुर,१८ फागुन/ होलीको अवसर पारेर बेटर बाँकेले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रगत दिऊँ, माया बढाऔँ’ भन्ने मूल नाराका साथ बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा सम्पन्न कार्यक्रममा ४१ जनाले रगत दान गरेका थिए ।
रक्तदानअघि कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले देशको विकासमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै बेटर बाँकेले युवाहरुलाई सही मार्गमा हिँड्न अभिप्रेरित गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप–मेयर सञ्जु चौधरी, कोहलपुर युवा संगठनका सचिव कुश्मा बस्याल तथा ब्लड बैंकका इन्चार्ज राजेन्द्रकुमार महतरासमेत सहभागी थिए ।
बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, बोल्दै अध्यक्ष देवकोटाले रत्तदान कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै आउँदो दिनमा पनि यस्ता कार्यक्रमहरुलाई सञ्चालनमा ल्याउने बताउनुभयो ।
कार्यक्रमलाई भूमि ट्रेर्डस, हिम शंकर बेकरी, सीबी इन्टरनेशनल कन्सल्टेन्सी र भुषाल ब्रद्रर्स एण्ड् सन्सले कार्यक्रमको सौजन्य गरेको थिए ।









प्रतिक्रिया दिनुहोस्