कोहलपुर,१८ फागुन/ बाँके राष्ट्रिय निकुञ्जको समुदाय आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण राष्ट्रिय अभियानलाई बाँकेमा भव्य रुपमा मनाउने तयारी गरिएको छ । हेरक वर्ष मार्च ३ मा मनाउदै आएको सो दिवस यस वर्ष भव्य कार्यक्रमको आयोजना गरी मनाउने तयारी भएको जनाइएको छ ।
बिहिबार कोहलपुरमा पत्रकार समेल्लन गरी सो दिवसलाई भव्य तरिकाले मनाउन लागिएको हो । बाँके राष्ट्रिय निकुञ्जका आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण राष्ट्रिय अभियानका अध्यक्ष कृष्ण चौधरीले जानकारी गराएका छन् ।
कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले प्रेस नोट प्रस्तुत गर्दै बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकिय स्थलका रुपमा परिचित बनाउनका लागि निकुञ्ज भित्र पर्यटकिय स्थलहरुको सम्भावित अध्ययन गरिएको र पर्यटकहरुका लागि हात्ती सफारी वनपथ ,मचान जिप सफारी चुरे पदयात्रा लगायतका तयारी पुरा भएको बताए ।
साथै पर्यटकहरुका लागि हामस्टे, होटलको समेत राम्रो व्यवस्था भएको बताए । कोहलपुर नगरपालिका–१३ खडकवारस्थित संञ्चालन हुने ‘‘युवाको जागरण बाघ चितुवाको संरक्षण” भन्ने मुलनाराका साथ आयोजना गरिएको युवा जागरण अभियान कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जापुनको संयोजकत्वमा मुल समिति गठन गरिएको छ ।
कोहलपुर मध्यवर्ती समितिका अध्यक्ष सावित्रा पुनका संयोजकत्वमा ६ वटा उप समितिहरु समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रदेश नं ५ की उप सभामुख कृष्णी चौधरीले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न झाँकी तथा चर्चित लोक तथा दोहोरी गायक मिलन लामाको समेत प्रस्तुति रहने छ ।
सोही अवसरमा हात्तीसार उद्घाटन गर्ने कोहलपुरमा बृहत ¥याली निकाल्ने सो कार्यक्रममा करिब १ हजार ५ सय युवा परिचालन हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्