मर्यादित रुपमा होली पर्व मनाउने अनुरोध



बर्दिया,१७ फागुन/  सांस्कृतिक पर्वका रुपमा रंग तथा अविरले मनाईने होली पर्वको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लावासीमा शुभकामना दिदै मर्यादित,शान्ति र सदभावपुर्ण रुपमा होली पर्व मनाउन जिल्लावासीमा अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सुचना सम्प्रेषित गरि एक अर्काको इच्छा विपरित होलीको बहानामा जबरजस्ती रंग र रंङ्गिनबस्तु दल्ने,लोला हान्ने र फोहोर छयाप्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने बताएका छन् ।

जिल्ला प्रशासनको सुचनामा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने रङ्गिन बस्तुहरु, केमिकल, प्लाष्टिकजन्य लोला आदि आयात गरे कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिईएको छ ।

होली पर्वको उपलक्ष्यमा सरकारले फागुन १७ गते पहाडि जिल्लाहरुमा र १८ गते तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको पनि सुचनामा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार