बैंक घोटालामा संलग्न दुईजना पक्राउ



विराटनगर,१६  फागुन/  राष्ट्रिय वाणिज्य बैंक घोटालाकान्डका दुईजनालाई मोरङ प्रहरीले बुधबार सार्वजनिक गरेको छ । घटनामा संलग्न दुईजना भने अझै फरार छन् ।

वाणिज्य बैंकको विराटनगर, रानीस्थित भन्सार शाखाको सुक्खा बन्दरगाहका काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोर्णराज राउत र बैंकका शाखा प्रबन्धक विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बिसीले बैंक घोटालाकान्डमा उनीहरुको मिलोमतो रहेकाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिए ।

सोही घटनामा संलग्न भएका भनिएका भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहरा फरार छन् । भारतबाट आयात गरिएको वस्तुको भन्सार शुल्क दाखिला गर्नेक्रममा ९ करोड ६१ लाख रुपैयाँ रकम घोटला भएको पाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार