पुर्व पश्चिमका पदाधिकारीद्वारा पदभार ग्रहण



कोहलपुर,१५ फागुन/  पुर्व पश्चिम यातायात व्यवसायी संघका नव निर्वाचित पदाधिकारीलाई सोमबार पदभार तथा सपथ ग्रहण गराईएको छ ।

गत फागुन ११ गते सम्पन्न भएको संघको दास्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु लाई मतदान अधिकृत तथा अधिवक्ता विकास आर्चायले पदभार तथा सपथ ग्रहण गराएका  थिए ।

पदभार तथा सपथ ग्रहण कार्यक्रमका बोल्दै प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सचिव शम्भु प्रसाद रिजालले नेपाल सरकारले गर्नुपर्ने काम यातायात व्यवसायीले गरेको तर सरकारले व्यवसायीलाई सौताने व्यवहार गरेको बताए ।

नेपाल सरकारले ताकिएको प्रिमियम तिर्न व्यवसायी तयार भएको तर दुर्घटना भईसकेपछि लामो समय सम्म सवारी साधन नछोडनु दुखको कुरा भएको बताए ।

त्यस्तै बागेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष मन प्रसाद आर्चायले व्यवसायीहरुलाई मार नपर्ने योजना ल्याएमा आफुहरुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश नं ६ का संयोजक नवराज शाही,मध्यपश्चिम जनसेवा प्रा.लीका अध्यक्ष विश्वराज खनाल , संञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १५ गते मंगलबार