कोहलपुर,१४ फागुन/ महिला जनप्रतिनिधिहरुका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम आइतबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।
ईन्रुडेक बाँकेको आयोजना र साझेदारी विकास परियोजनाको सहयोगमा तालिमको जिल्ला समन्यव समिति बाँकेका प्रमुख हरी कृष्ण अधिकारीले
उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अधिकारीले तालिमले महिला जनप्रतिनिधिहरुको क्षमता विकासका लागि सहयोग पु¥याउने बताए ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया वि.क.ले महिला जनप्रतिनिधिहरुले काम गर्दा अन्यौलता भएको हुँदा तालिमले उक्त कुरामा सहयोग पु¥याउने बताइन् ।
त्यस्तै बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले तालिमले महिला जनप्रतिनिधिको क्षमताको विकास हुने काम गर्ने सिलसिलमा सहजता हुने
बताइन् ।
खजुरा र बैजनाथ गाउँपालिकाका महिला जन प्रतिनिधिहरुको सहभागितामा शुरु गरिएको तालिमको सहजिकरण सोविता परियारले गरेकी
थिइन् ।
ईन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायको सभापतित्वमा संञ्चालन गरिएको कार्यक्रममा साझेदारी परियोजनाका निर्देशक महेश नेपाली, महिला जनप्रतिनिधि , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । तालिम मंगलबार सम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्