नेपालगञ्ज,११ फागुन/ नेपालगन्ज उप–महानगरपालिकामा संचालन भैरहेका इट्टा उद्योगहरुमा बाल मजदुरको प्रयोग बढी भैरहेको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ र रुसुफ नेपालको संयुक्त आयोजनामा अनुगमन गर्दा बाल मजदुरको प्रयोग भैरहेको पाइएको
हो ।
नेपालगन्ज वडा नं. १३ स्थित अमन इट्टा उद्योगमा करिव २० जना बालवालिका बालश्रममा लगाइएको पाइएको छ । अनुगमन टोली इट्टा उद्योगमा पुग्दा भारत घर भएका १२ वर्षका सुग्गी लोनियाले घोडा–बुग्गीमा इट्टा बोकिरहेको अवस्थामा फेला पारेको थियो ।
लोनियासंग सोधपुछ गर्दा आफु घरपरिवारसंग आएको बताइन् । घरपरिवारले पनि इट्टा उद्योगमै काम गरिरहेको र आफु चाही इट््टा ओसार पसार काम गर्ने गरेको उनले बताए ।
यस्तै भारत घर भएका १० वर्षिक इमाजउद्दिन खाँले दाईसंगै इट्टा बनाइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ । बाआमा भारतमै काम गर्ने र दाई र १० वर्षिय बहिनी नेपालको इट्टा उद्योगमा काम गर्ने गरेको खाँले बताए ।
कामका सिलसिलामा नेपाल आएका भारतीय नागरिक करिव ६ महिना नेपालमै बसोबास गर्ने गरेको कामदारका ठेकेदार रहमद अलिले बताए । भारतीय मजुदरका परिवारसँग श्रम गर्न नेपाल आएका बालबालिकालाई पनि इँटा उद्योगले श्रममा लगाउने गरेको खवर पाएपछि बालवालिकाहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले अनुगमन गर्ने थालेका छन् ।
नेपालमा इँटा बनाउने मजदुर अभावले उद्योग संचालकले प्रत्येक वर्ष भारतबाट मजदुरका परिवार बोलाउने गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए ।
इट्टा उद्योगमा बालमजदुरको बढी प्रयोग भैरहेको कारण यसलाई न्युनिकरण गर्नका लागि आफुले यसलाई रोकथामको पहल गर्ने वडा अध्यक्ष शाहले बताए । बालवालिका प्रयोग भएको उद्योगको विषयमा सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरेर अगाडी बढ्ने उनले बताए ।
उदयपुर स्थित रहेको इट्टा उद्योगमा बालमजदुर गर्दै आएका बालबालिकाहरुले बधुवार मजदुरहरु जस्तै काम गर्ने गरेको रुसुफ नेपालका संयोजक मुस्ताक अलिले बताएका हुन् ।
भारतीय मजदुरका परिवारसँग आएका बालबालिकालाई पनि उद्योग संचालकले श्रम शोषण गर्दै आएको रुसुफ नेपालका संयोजक मुस्ताक अलिले
बताए ।
नगर लगायत बाँकेका प्राय इँटा उद्योग भारतीय मजुदरमै निर्भरमा संचालन रहेका छन् । अभियान कै क्रममा बालवालिकालाई विद्यालय पठाऔं, बालश्रममा नलगाऔं जस्ता विभिन्न खाले जनचेतना मुलक अभियान थालेको रुसुफ नेपालले नगरका विभिन्न वडा तथा बालमजदुर गरेको ठाउँमा अनुगमनलाई तिव्रता दिएको छ । अनुगमन गर्दा बालश्रममा व्यापकता प्रयोग गरिएको पाइएको अनुगमन समितिले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्