बर्दिया,३ फागुन/ सन् २०२० भित्र नेपालबाट हात्तीपाइले निर्मूल गर्ने लक्ष्यका साथ बर्दियामा प्रभावकारी रुपमा सञ्चालन गरिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानले हात्तीपाइले अर्थात फाईलेरीया रोगीहरुको संख्यामा कमी आएको छ । जिल्ला स्वास्थ्य कार्यालयले व्यापक प्रचार प्रसारसहित तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी, स्वयमसेवकहरु मार्फत खोपकेन्द्र र छुटेकालाई घरघरमा गई औषधी खुवाउने कार्यले औषधी सेवन गर्नेहरुको संख्या बढेको हो ।
मंगलवार गुलरियामा आयोजित संचारकर्मीसंगको अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले आर्थिक वर्ष ०६८÷६९मा अभियान शुरु गर्दा ७ सय २५ जना कुष्ठ रोगी भेटिएकोमामा आर्थिक बर्ष ०७३ ÷ ७४मा आईपुग्दा जिल्लामा १ सय २२जना मात्र कुष्ठ रोगी भेटिएको तथ्यांक छ ।
आर्थिक वर्ष २०६८ ÷६९मा आभियान शुरु गर्दा ५१ प्रतिशत मात्रले औषधी सेवन गरेकोमो आर्थिक वर्ष २०७३÷७४ मा ८३ प्रतिशत जनसंख्याले नियमित औषधी सेवन गरेको प्रमुख अधिकारीले बताए । औषधी सेवन गर्ने मध्ये महिलाको संख्या ८९ प्रतिशत र पुरुषको संख्या ७७ प्रतिशत रहेको छ ।
छैठौ चरणको अभियान अन्र्तगत २०७३ सालमा जिल्लाको कुल जनसंख्या ४५,९४,४९९ मा २ वर्ष मुनिका बालबालिका र गर्भवती महिला बाहेक ९४,९०६ घरधुरीका ४,२५,७६४ जनालाई हात्तीपाइलेको औषधी खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।
हात्तीपाईले रोग निवारणमा डाइइथाईल कार्बामाजिन र अबलेन्डाजोल औषधी प्रयोग हुदै आईरहेको छ ।









प्रतिक्रिया दिनुहोस्