काठमाण्डौं,२९ माघ/ प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज पद र गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको थियो ।
नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वाचित हुनुभएका उहाँ प्रदेश नं ३ को संसदीय दलका नेता हुनुहुन्छ ।
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्