रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको तेह्रौं उपशाखा सभा सम्पन्न



कोहलपुर २८ माघ/  नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको १३ औं उपशाखा सभा आईतबार कोहलपुरमा सम्पन्न भएको छ ।

सभाको नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय कार्यवाहक अध्यक्ष अजित कुमार शर्माले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपशाखाका सचिव संजय कुमार पन्तले आर्थिक वर्ष २०७३÷०७४ को प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०७५÷०७६ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका कोषाध्यक्ष बासुदेव उपाध्यायले उपशाखाको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उपशाखाले वर्षभरी बनेका नयाँ सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै संस्थामा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रवत, ईलाका प्रशासन कार्यलय कोहलपुरका प्रमुख दत्तराज हमाल,कोहलपुर नगरविकास समिति अध्यक्ष अवराज खड्का कोहलपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष निम बहादुर चलाउने, वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा लगायतले आफ्नो भनाई राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २८ गते आइतबार