गएराति भएको खेलमा २८ ओभरमा २ सय २ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै भारतलाई हराएको हो ।
दक्षिण अफ्रिकालाई जिताउन हेनरिक क्लासेनले नटआउट ४३ र डेभिड मिलरले ३९ रन बनाए ।
पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको १ सय ७ रनको मद्दतमा २ सय ८९ रन बनाएको थियो । भारतका विराट कोहलीले ७५ रन बनाए भने महेन्द्रसिंह धोनी ४२ रनमा नटआउट रहे । छैटौं एकदिवसीय क्रिकेट खेलको श्रृखलामा भारत ३–१ ले अघि छ ।
प्रकाशित मिति : २०७४ माघ २८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्