मन्टेश्वरी शिक्षक तालिम शुरु



कोहलपुर,२७ माघ/  बाँकेको कोहलपुुरस्थित प्याराडाइज मन्टेश्वरी तथा प्राविधिक तालिम केन्द्रमा मन्टेश्वरी शिक्षकहरुको आधारभुत तालिम शुक्रबार देखि शूरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथ्यतामा कोहलपुर वडा नं. २ का अध्यक्ष कर्ण सिंह विसी रहेका थिए । उनले कार्यक्रमको उद्घाटन गर्दै ‘‘अहिलेको शिक्षालाई गुणस्तरीय र वैज्ञानिक बनाउनुपर्ने र यसको लागि आधाभुत तहमा शिक्षण गराउने शिक्षकहरु सिप र प्रविधिमा दक्ष हुनु पर्नेछ ।’’

यस्ता तालिमले कोहलपुरका शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने साना बालबालिकाहरुलाई मन्टेश्वरी प्रयोत्मक विधिबाट पढाउन सहयोग पुग्ने उनको भनाई रहेको छ । तालिममा २५ जना सहभागी रहेका छन् ।

उक्त तालिममा आर्ट एवम् कला बाल कथा, अडियो भिडियो तथा मन्टेश्वरी विधिका सैदान्तिक तथा प्रयोग्यात्मक तरिका सिकाइने विद्यालयका संचालक हुम बहादुर पाण्डेले बताएका छन् ।

त्यस्तै कार्यक्रममा कलातर्फका प्रशिक्षक विक्रम शिशिर, स्वास्थ क्षेत्रका रण बहादुर वली, वडा नं. २ का सदस्य टेक बहादुर खत्री, कमला वली लगायत विज्ञहरुले बोलेका थिए । संचालन प्याराडाइज मन्टेश्वरीका संस्थापक तथा बाल ज्योति मा.विका प्रिन्सिपल दामोदर पौडेलले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार