पहिलो खेल जितेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा



काठमाडौं,२६ माघ/ आइसीसी वल्ड क्रिकेट डिभिजन टूमा ६ देश सहभागि छन् । नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन ।

विश्वकप छनोटको यात्रा तय गर्नका लागि हरेक खेल जित्नुपर्ने र तालिकाको शीर्ष दुईमा रहनुपर्ने हरेका देशको बाध्यता छ । यस्तोमा हरेका देश हरेक खेल जित्नका लागि खेल्ने गर्दछन् । बिहीबार भएको पहिलो खेलमा क्यानडा, युएइ र नेपाल विजयी भए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार