दाङ,२४ माघ/ पाँच नम्बर प्रदेशको निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार आज राष्ट्रियसभा सदस्य निर्वाचनको हुने जानकारी गराएको छ ।
कर्मचारी मिलन केन्द्र घोराहीमा विहान १० देखि दिउँसो तीन बजेसम्म हुने, निर्वाचनमा दुई वटा मतदान केन्द्र रहने र एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मतदान गर्ने छन् ।
उक्त निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारलाई प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक सांसद, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।
राष्ट्रिय सभाका लाीग हरेक प्रदेशबाट ३ महिला, १ अपांगता वा अल्पसंख्यक, १ दलित र ३ अन्यतर्फ निर्वाचित हुने संविधानमा व्यवस्था छ । पाँच नम्बर प्रदेशमा कुल ३ सय ५ जना मतदाता रहेका छन् ।
त्यसमध्ये २ सय १८ जना स्थानीय तहका जनप्रतिनिधि र ८७ जना प्रदेश सभाका सांसद रहेको राष्ट्रिय सभा निर्वाचन प्रदेश नम्बर ५ का निर्वाचन अधिकृत हेमन्त रावलले बताएका हुन् ।
उनका अनुसार पाँच नम्बर प्रदेशमा ५ पदका लागि मतदान हुँदैछ । अन्यतर्फ ३ र दलित वा अल्पसंख्यक तथा अपांगतामा १÷१ जना निर्वाचित हुनेछन । पाँच पदका लागि कुल ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसअघि राष्ट्रिय सभाका तीन जना महिला कोटामा अनिता देवकोटा, कोमल ओली र मीना बुढा उक्त प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रवीच तथा नेपाली काँग्रेस, राप्रपा, राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमवीच तालमेल भएको छ ।









प्रतिक्रिया दिनुहोस्