पीडितहरुको अझै पुर्नस्थापना हुन सकेन



कोहलपुर,२४ माघ/   चार वर्षअघिको बाढी र पहिरोबाट विस्थापित भएका पश्चिम नेपालका चार जिल्लाका पीडितहरुको अझै पुर्नस्थापना हुन सकेको छैन ।

बाँके, बर्दिया, सुर्खेत र दाङका बाढीपहिरोबाट प्रभावित भएकाहरु अझै त्रिपालको सहारामा बस्न बाध्य भएका छन् ।

बाँके, बर्दिया, सुर्खेत र दाङमा बाढीपहिरोबाट विस्थापित भएकाहरु चार वर्ष पुग्दा समेत पर्नुस्थापित हुन सकेका छैनन् ।

रातभरी सिमसिमे पानी परे झैं पर्ने शितले थुर थुर कमाउँने गुनासो पीडितहरुको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार