एकतापछि पार्टीको नाम यस्तो राख्ने



माघ २३ काठमाडाैं, राष्ट्रियसभा निर्वाचनलगत्तै पार्टी एकताका लागि कार्यदल बनाउने नेकपा एमाले–नेकपा माओवादी केन्द्रका नेताबीच सहमति भएको छ । र, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने प्रारम्भिक समझदारी भएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले भनेका छन्, ‘एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने प्रारम्भिक समझदारी बनिसकेको छ ।’ एकता प्रक्रिया टुंगो लगाउन पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष निरन्तर छलफलमा छन् । nayapaatarika

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार