यानबी साहु : कोहलपुर,२१ माघ/ “कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४” को तयारी तीव्र पारिएको छ ।
‘देश निर्माणमा उद्योग र व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता’ भन्ने मुल नाराका साथ कोहलपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही माघ २६ गते देखि फागुन ८ गते सम्म सञ्चालन हुने महोत्सव सफल पार्न स्टल निर्माण, मञ्च व्यवस्थापन, मुल गेट निर्माण, प्रचार प्रसार लगायतको कामलाई तीव्र पारिएको महोत्सव आयोजक समितिका प्रचार प्रसार उप–समिति संयोजक ईश्वर श्रेष्ठले बताए ।
महोत्सव प्रचार प्रसारको लागि जिङगल निर्माण, पम्पेलेट छपाई लगगायतका काम पुरा भएको र सबै मिडियाहरुबाट प्रचार प्रसारलाई समेत तीव्र पारिएको श्रेष्ठले बताएका छन् । साथै महोत्सवलाई सफल पार्न विभिन्न ठाउँ ठाउँमा गेट निर्माणको काम भइरहेको छ ।
महोत्सवमा कृषि, उद्योग, पर्यटन, सूचना, जडिवुटी, घरेलु, व्यवसायी, होटेल, थारुगाँउ बाल उत्थान, स्थानीय हस्तकला, मौलिक कला, सांस्कृतिका साथै सेवामूलक गरी करिब ३ सय बढी स्टल रहने महोत्सव आयोजक स्टल बुकिङ तथा सूचना प्रविधि उप–समिति संयोजक प्रदिप भट्टराईले बताएका हुन् ।
कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने, स्थानीय उत्पादन तथा पर्यटनको प्रचार प्रसार, संरक्षण, सम्वद्र्धन र बजारीकरणका लागि यस क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक चक्र बहादुर अधिकारीले बताए ।
महोत्सवमा विभिन्न स्टलहरुको अवलोकन, राष्ट्रिय ख्याति प्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवको बाँके, बर्दिया, दाङ, सुर्खेत लगायत छिमेकी जिल्लाका करिब ३ लाख बढी दर्शकहरुले अवलोकन गर्ने र उक्त महोत्सवबाट ६ करोड बराबरको कारोबार गर्ने
लक्ष्य लिइएको संघले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्