नेपालगञ्ज,१८ माघ/ जनगुनासो सम्वोधनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले टोल फ्रि नम्बर फोन सेवा शुरु गरेको छ ।
पारस्परिक जवाफदेहिता परियोजनासँगको सहकार्यमा उपमहानगरपालिकाले बुधबारदेखि १६६०–८१–५२०५२ नम्वरको पैंसा नलाग्ने कल सेवा शुरु गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा र उपप्रमुख उमा थापा मगरले एक समारोहका बीच संयूक्त रुपमा सो सेवाको उदघाटन गरेका थिए । नेपालगञ्जवासीले अब जुनसुकै समयमा कल गरेर आफना समस्या सम्वन्धित निकायमा राख्न पाउने भएका छन् ।
फोनमार्फत आएका समस्या÷ गुनासालाई टिपोट गरेर सम्वोधन गरिने नगर प्रमुख राणाले बताए । उपप्रमुख थापामगरले जनतालाई सूचना दिन र नगरपालिकाको सूचना पाउन सहज हुने विश्वास व्यक्त गरिन् ।
टोल फ्रि फोनले नगरवासीको समय, पैंसा र समस्या गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जिकिर गरे । उपमहानगरपालिकाले अब मोवाइल एप्सको पनि शुरु गर्ने जानकारी गराएको छ ।









प्रतिक्रिया दिनुहोस्