जिप दुर्घटनामा दुईजनाको मृत्यू



नेपालगञ्ज,१८ माघ/  नेपालगञ्जबाट भारतको लखनउतर्फ गइरहेको भारतीय नम्बर प्लेटको जिप बिहिबार बिहान बहराइच जिल्लाको रिसिया बजार क्षेत्रमा दुर्घटना हुँदा २ जना नेपालीको मूत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।

नेपाल–भारत सिमावर्ती बजार रुपैडिहाबाट भारतीय नम्बर प्लेटको युपी ४० एक्स ६५१४ नम्बरको जीपमा सवार भएर भारतको लखनउतर्फ गइरहेको जीप बिहिबार बिहानै करीब ८ बजे तिर बहराइच जिल्लाको रिसिया भन्ने ठाउंमा युपी २१ एएन एक्स ७०६२ नम्बरको ट्रकसंग ठोकिएर दुर्घटना भएको भारतीय प्रहरीलाई उधृत गदै नेपाल–भारत सिमावर्ती क्षेत्रमा रहेको नेपालको इलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी नायव निरीक्षक सुदिर खडकाले जानकारी दिए ।

उक्त दुर्घटनामा नेपालगञ्ज उप–महामनगरपालीका वडा नम्बर १ घर भइ वडा नम्बर १८ कारकादो स्थित मुनब्बर मोटर ड्राइभिंग इन्स्टिच्यूटका प्रोपराइटर मुनब्बर अली हल्वाई र नेपालगञ्ज उप–महानगरपालिका–५ स्थित बस पार्क निवासी पूर्वप्रहरी नायव निरीक्षक रोशन शाहको मुत्यू भएको छ ।

उक्त दुर्घटनामा मुनब्बर अली हल्वाइका छोरा इब्राइम हल्वाई, काठमाण्डौंका अंगुर खडका र सग्राम शाह घाईते भएको र घाईतेहरुको बहराइच स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १८ गते बिहीबार