राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी तीव्र



काठमाडौं,१७ माघ/  निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र केन्द्रीत तयारी सुरु गरेको छ ।

माघ १५ गते उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गर्नुका साथै उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरिसकेको आयोगले मतदान केन्द्र केन्द्रीत तयारी थालेको निर्वाचन आयोगका उपसचिव एंव सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले यसअघि राष्ट्रियसभा निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रियसभा निर्वाचनका २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम दिइरहेको छ ।

आयोगले एक मतदान केन्द्रमा ८ वटा मतपेटीका राख्ने भएको छ । निर्वाचनको लागि आवश्यक अन्य सामाग्री पनि मतदान केन्द्रमा लिने तयारी भईरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार