छवि र शिल्पा चलचित्र ‘मंगलम्’ को रिलिज पछि बिवाह हुने पक्का



नेपालगञ्ज,१६ माघ/   चर्चित फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीच चलचित्र ‘मंगलम’को रिलिज पछि बिवाह हुने भएको छ । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा र शिल्पाको फिल्म क्षेत्र मात्रै नभई जीवनमा समेत नजिकिएका थिए ।

नयाँ फिल्म ‘मंगलम्’ को प्रचार प्रसारका क्रममा नेपालगञ्ज पुगेका ओझाले फिल्म रिलिजपछि बैवाहिक जीवनमा बाँधिने बताएका हुन् । शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवन समेत सफल हुने विश्वास सहित बिवाह गर्ने योजना पक्का भएको निर्माता ओझाले सञ्चारकर्मी माझ बताएका छन् ।

‘तपाईहरुको सम्बन्धको गरिने चर्चा औपचारिक रुपमा कहिले जोडिन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्माता ओझाले भने, ‘हामी एउटै क्षेत्रमा सँगै काम गरिराखेका छौं, यसमा नाम जोडेर चर्चा हुनु नौलो होइन ।

अहिले फिल्म रिलिजकै तयारीमा व्यस्त छौं, फिल्मको काम सकिएपछि बिवाह गर्ने योजनामा छौं ।’ उनले शिल्पा र आफ्नो पारिवारिक रुपमा कुरा पक्का भएकाले पनि छिट्टै वैवाहिक जीवनमा प्रवेश दने तयारीमा छौं ।’

छविले बिवाहको कुरा गरिरहँदा शिल्पाले पनि आउँदो बैशाखसम्म बिवाहमा बाँधिने सहमति जनाएकि छन् । शिल्पा पोखरेलको ‘मंगलम््’ फागुन २५ मा देशैभर प्रदर्शनमा आउँदैछ । त्यसैको प्रचार प्रसारका लागि फिल्म टोली देश दौडाहमा लागेको छ ।

यसैबीच पश्चिम क्षेत्रमा महोत्सवहरु आयोजना भइहेकाले फिल्मको प्रचार गर्न सहज हुने भएकाले नेपालगञ्जमा आइपुगेको फिल्का निर्देशक नवल नेपालले बताए । उनले फिल्म ‘मंगलम्’ अन्य फिल्मभन्दा नयाँ कथावस्तु समेटिकएको जानकारी दिए ।

सामाजिक सद्भाव र मानवीय समवेदनालाई यथार्थमा देखाउन खोजिएको छ । मानिसले प्रविधिमा जति सफलता हासिल गर्दै प्रविधिमैत्री भएपनि मानवीय समवेदनाको रुप सँधै एउटै हुने सन्देश फिल्मले दिएको निर्देशक नेपालको भनाइ छ । फिल्मभित्र चारवटा गित समावेश गरिएको र द्वन्द्वात्मक दृष्यहरु नभएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १६ गते मंगलबार