भक्तपुर,१५ माघ/ भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी ‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ नामाकरण गरिएको छ ।
स्वास्थ्यमन्त्री दीपक बोहराले सोमबार एक कार्यक्रमकाबीच विधिवतरुपमा अस्पतालको नाम परिर्वतन गरेका हुन् ।
सोही समारोहमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा ज्यान अर्पण गरेका वीर सहिद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
२०६९ वैशाख ११ गते स्थापना भइ सेवा प्रारम्भ गरेको केन्द्रले हालसम्म ३९२ जनाको मिर्गौला प्रत्यारोपण गरेको जनाइएको छ ।
प्रकाशित मिति : २०७४ माघ १५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्