काठमाडौं,९ माघ/ सोमबार सुनको मूल्यमा सामान्य वृद्धि आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ५७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३३ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्