बर्दियामा सञ्चार सम्बन्धी कार्यशाला गोष्ठी



बर्दिया,९ माघ/  बर्दियाको गुलरियामा साझेदारी परियोजना अन्तर्गत विकासका लागि सञ्चार सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

रेडियो गुर्बाबा एफएम र यु.एस.ए आईडी अन्तर्गत साझेदारी विकास परियोजनाको सहकार्यमा गोष्ठीमा बर्दियामा सञ्चार माध्यमको अवस्था र रेडियो गुर्बाबा एफएमको अवस्था, यसले गरेको कामले समाजमा परेको प्रभावको विषयमा रेडियो गुर्बाबा एफएमका स्टेशन म्यानेटर पुष्पा चौधरीले जानकारी गराएकी थिइन् ।

साझेदारी विकास परियोजना अन्तर्गतका कार्यक्रमहरुको उदेश्य र सञ्चालन गरिएका रेडियो कार्यक्रमले स्थानीय समुदायमा पारेको प्रभावको बारेमा प्याट सञ्चार संयोजक शर्मिला लामाले जानकारी गराएकी थिइन् ।

गोष्ठीमा स्थानिय विकासका लागि संञ्चार परीचालनका आगामी योजनाको विषयमा रेडियो गुर्वावा एफ.एमका कार्यकारी निर्देशक एकराज चौधरीले खुल्ला छलफल गराएका थिए ।

खुल्ला छलफलमा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, गैरसरकारी सस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिलसिना, बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, गुलरिया नगरपालिकाका उपप्रमुख शुसिला गिरि, जिल्ला स्वास्थ्य कार्यालका सुचना अधिकारी कृष्णगोपाल चौधरी, प्राचिन सृजनसिल आदिवासी समाजका सचिब तुला चौधरी, थारु पत्रकार संघ बर्दियाका अध्यक्ष श्रम चौधरी, बाँसगढी नगर स्तर बरघर संयोजक जोगीराम चौधरी लगायतले आ आफ्ना  धारणा सहित सल्लाह सुझाव  राखेका थिए ।

कार्यक्रममा साझेदारी परियोजना अन्र्तगतका विभिन्न संघ–सस्थाका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसकारी कार्यलयका प्रतिनिधि , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार