जय मंगलमद्वारा आफ्नो ब्राण्डबारे जानकारी



नेपालगञ्ज,८ माघ/  जय मंगलम सिमेन्ट्स प्रालिले आज नेपालगन्जमा आफ्नो ब्राण्ड वारे जानकारी गराएको छ ।

प्रदेश नं. ५,६ र ७ मा सिमेन्टले स्थापित गराउन सफल भएको भन्दै कम्पनीले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कम्पनीको गुणस्तरिय बारे जानकारी गराएको हो ।

बाँकेको जानकी गाउँपालिका गनापुरमा रहेको जय मंगलम सिमेन्ट्स प्रालिले आफ्नो १९औं वर्ष पार गर्दा ४ प्रकारका सिमेन्ट उत्पादन गरि ग्रहाकमाझ पु¥याउदै आएको छ ।

उद्योगले स्टर ओपीसी सिमेन्ट, यति पीपीसी सिमेन्ट्सका ब्राण्ड यस क्षेत्रमा उत्पादन गरी बजारमा वितरण गर्दै आएको छ भने गौरव पीपीसी सिमेन्ट र रकस्ट्रोङग पीपीसी सिमेन्टले समेत बजारमा आफ्नो गुणस्तरिय कायम गर्न सफल भएको जय मंगलम सिमेन्ट्स प्रालि गनापुरका प्रमुख संयज कुमार अग्रवालले जानकारी गराउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार