सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुकुमबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस लुहाम, भाटखोलमा दुर्घटना भएको हो । घटनास्थलमै मृत्यु भएका तीनजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । घाइतेहरुको श्रीनगरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्