छुट्टा छुट्टै दुर्घटनामा दुईको मृत्यू



कोहलपुर,८ माघ/  नेपालगञ्ज कोहलपुर सडकखण्डमा आइतबार बेलुका साढे सात बेजेतिर भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यू भएको
छ ।

सो सडकखण्डको राँझाचोक नजिकै भे ४ प ४७२७ नम्बरको मोटरसाईकल बा १ क ७५३१ नम्बरको ट्रिपरसँग ठोकिदा नेपालगञ्ज उप–महानगरपालिका–१८ बस्ने मनोज चिडिमारको मृत्यू भएको हो ।

दुर्घटना पश्चात उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यू भएको राँझा चोक स्थित प्रहरी विटले जनाएको छ ।

त्यस्तै सोही सडकखण्डको कोठारपुरमा भे२ प १६१६ नम्बरको मोटरसाईकल भारतीय एमपी १७ एचएच ३९६८ नम्बरको मालवहाक ट्रकसँग ठोकिदा रामवचत कुर्मीको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार