सिके राउत आज दिनभरि प्रहरीको निगरानी



काठमाडौं, ४ माघ सिके राउतमाथि आज दिनभरि प्रहरीले निगरानी राख्ने भएको छ। धनुषाको माछाबजारमा डेरा गरी बस्ने राउतका गतिविधि निगरानी गर्न बिहानैदेखि प्रहरी टोली खटेको छ। ‘पोहोर उनीहरुले आजकै दिन सिरहामा गएर बलिदान दिवस मनाएका थिए,’ धनुषाका प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले भने, ‘यसपालि पनि के गर्छन् भने निगरानी गरिरहेका छौं।’
उनका अनुसार राउत अहिले डेराबाट निस्केका छैनन्। ‘हामीले उहाँलाई पक्रेको होइन, गतिविधिमात्र निगरानी गरेको हो,’ कुँवरले भने। राउत छुट्टै मधेस देशको मागसहित विभिन्न कार्यक्रम गर्दै आएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार