रावन बिश्वकर्मा : बाँसगढी,५ माघ/ नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीको भेलाले फणिन्द्र प्रसाद ढुंगानालाई बाँसगढी नगर कमिटिको अध्यक्षमा चयन गरेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य अम्बिका चापागाँईको प्रमुख आथित्यमा बसेको नगर भेलाले ढुंगानाको अध्यक्षतामा नगर कमिटिका साथै ३ जना प्रदेश प्रतिनिधि छनोट गरेको छ ।
जसको महिला उपाध्यक्षमा दुर्गा रेग्मी, उपाध्यक्षमा तिलक केसी, सचिवमा हरि प्रसाद देवकोटा, कोषाध्यक्षमा करसिंह बुढा, सहकोषाध्यक्षमा सिता चालिसे, सहसचिवमा सरस्वती शर्मालाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै बिरेन्द्र गौतम, शेकर कुमार हमाल, बसन्तलाल थारु, कृष्ण कुमार विक, भवानी रेग्मी, कमल सिलवाल, धनिराम थारु, देबिप्रसाद न्यौपाने, भिमबहादुर जिसि, थलबहादुर वली, दुर्गा पौडेल, अम्बिका रिजाल, बमबहादुर सुवेदी, लक्ष्मी थापा र देबिकुमारी चन्दलाई सदस्यमा चयन गरिएको छ ।
भेलाले प्रदेश प्रतिनिधीमा दामोदर पौडेल, प्रेम बहादुर खड्का र गिता देबकोटालाई छनोट गरेको छ । नगर स्तरिय तदर्थ कमिटीका संयोजक फणिन्द्र प्रसाद ढुंगानाको सभापतित्वमा भएको भेलामा जिल्ला अध्यक्ष लोकमणि आत्रेय, जिल्ला उपाध्यक्ष गौरी सापकोटा, जिल्ला सचिव भक्ति सागर रेग्मी, जिल्ला सदस्य निराजन चापागाँई, भिम रिजाल लगायत नेपाल शिक्षक संगठनमा आम्वद्ध शिक्षकहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्