
काठमाडौं, ४ माघ/ पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ खण्डमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नंं ३ मसुरियामा गएराति बसले ठक्कर दिँदा सोही गाउँपालिका वडा नं. ५ लठ्ठहवा निवासी १९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
पोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ४६८६ नम्बरको बसले चौधरीलाई ठक्कर दिएको थियो । पैदलयात्रुलाई ठक्कर दिएको बस अनियन्त्रित हुँदा बसमा सवार १० जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको वाँकेस्थित कोहलपुर मेडिकल कलेज उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्